Date

शुक्र, माघ २५, २०८१
Fri, February 7, 2025

६ महिनाको अवधिमा विप्रेषण आप्रवाह ४ प्रतिशतले बढ्दा श्रम स्वीकृति लिनेको संख्या ११.७ प्रतिशतले बढ्यो

६ महिनाको अवधिमा विप्रेषण आप्रवाह ४ प्रतिशतले बढ्दा श्रम स्वीकृति लिनेको संख्या ११.७ प्रतिशतले बढ्यो

काठमाडौं, २४ माघ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ७ खर्ब ६३ अर्ब ८ करोड रूपैयाँ बराबरको विप्रेषण आप्रवाह प्राप्त भएको छ।

अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवर्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार, विप्रेषण आप्रवाह ४ दशमलव १ प्रतिशतले बढेकाे हाे।अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव २ प्रतिशतले बढेको थियो ।

यस्तै अर्थ मन्त्रालयका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ११ दशमलव ७ प्रतिशतले बढेर २ लाख ३० हजार ४ सय ३९ कायम भएको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा समीक्षा अवधिमा २१ दशमलव चार प्रतिशतले बढेर १ लाख ६२ हजार ६ सय २८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या छ प्रतिशतले घटेको थियो ।  यसरी वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अघिल्लो वर्षको छ महिनाको तुलनामा १५ दशमलव पाँच प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x