एनएमबि बैंकको सिइओमा सुनिल केसीको कार्यकाल ४० दिन थप

काठमाडाैं, २५ फागुन । एनएमबि बैंकले प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसीले नै निरन्तरता पाएका छन् । गत शुक्रबार बसेको बैंक सञ्चालक समितिले केसीलाई तेस्रो कार्यकालका लागि नियुक्त गरेसँगै २०८२ वैशाख ९ सम्म निरन्तरता पाएका हुन् ।२ कार्यकाल पुरा गरेपछि पनि केसीको कार्यकाल करिब ४० दिन थप गरिएकाे हो ।
केसीलाई बैंक तथा वित्तीय संस्थासम्बन्धि ऐन (बाफिया) कार्यान्वयनको मितिले ८ वर्षसम्म हुने गरी तेस्रो कार्यकालको लागि केसीको कार्यकाल थप भएको हो ।बाफियामा प्रमुख कार्यकारी अधिकृतको कार्यकाल बढीमा ४ वर्षको हुनुपर्ने र अर्को एक कार्यकालको लागि मात्रै पुनःनियुक्त हुन सक्ने व्यवस्था छ ।