७ महिनामा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक पहिलो नम्बरमा, अन्य बैंकले कति कमाए ?

काठमाडौँ, २६ फागुन । चालु आर्थिक वर्ष २०८१/०८२ को ७ महिनामा नाफा कमाउनेमा नबिल बैंक पहिलो नम्बरमा परेको छ । बैंकले ७ महिनामा ४ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा कमाएको हो ।
चालु आर्थिक वर्ष २०८१/०८२ को ७ महिनामा वाणिज्य बैंकहरुले ३६ अर्ब रुपैयाँ नाफा आर्जन गर्ने सफल भएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले ३६ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएका हुन् ।
साथै, क्रमशः ग्लोलब आइएमई बैंकले ३ अर्ब ८९ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४३ करोड, एभरेष्ट बैंकले २ अर्ब ५७ करोड, नेपाल बैंकले २ अर्ब ४५ करोड, एनएमबि बैंकल २ अर्ब ३४ करोड, प्राइम बैकले २ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएका हुन् ।