दोस्रो अन्तर्राष्ट्रिय स्तरको “वुमन लिडरसिप समिट २०२५” काे तयारी पुरा

काठमाडाैं, २७ फागुन । नेपाल उद्योग परिसंघले दोस्रो अन्तर्राष्ट्रिय स्तरको वमन लिडरसिप समिट २०२५ (Women Leadership Summit 2025) आयोजना गर्ने भएकाे छ । परिसंघले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयसँगको सहकार्यमा आउँदाे चैत्र ३ गते काठमाडाैंमा सम्मेलन आयोजना गर्न लागेकाे हाे ।
सम्मेलन आयोजनाको लागि सीएनआई वमन लिडरसिप फोरमले संयोजन गरेको छ भने सम्मेलनको समुद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुनेछ । सम्मेलनमा प्रविधि र इनोभेसन (Technology and Innovation), वमन इन सष्टेनेवल एग्रीकल्चर (Women in Sustainable Agriculture), इन्भेष्टिङ इन वमन ( Investing in Women), बीवेण्ड बाउन्ड्रिज (Beyond Boundaries) विषयमा सत्रगत रुपमा छलफल हुनेछ ।
महिला नेतृत्व शिखर सम्मेलनले परिवर्तन प्रेरित महिला, नेतृत्व, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूलाई एउटै थलोमा ल्याउनेछ र नीतिगत तहमा नेपाल सरकार, सरोकारवाला निकायहरुले लिनुपर्ने नीतिगत विषयमा गहन रुपमा छलफल हुनेछ । यो शिखर सम्मेलन वर्तमान एवं सफल उदाहरणहरूमा केन्द्रित हुनेछ, जसले महिलाहरुलाई प्रेरित गर्नेछ । सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त महिलाहरुसहित करिब ५ सय जनाको सहभागिता हुनेछ । सम्मेलनमा मेक इन नेपाल स्वदेशी वस्तुहरुको प्रदर्शनी समेत गरिनेछ । सम्मेलनको टाइटल स्पोन्सरमा नविल बैंक रहेको छ भने एशियाली विकास बैंक (एडीबी) पावर्ड बाई रहेको छ ।
सम्मेलनलाई सफल बनाउन सहयोग गर्ने अन्य संस्थाहरुमा नेपाल पर्यटन बोर्ड, एनसेल, एमएडब्लू बृद्धि मोटर्स, डावर नेपाल, यूनिलिभर, वोटलर्स नेपाल, कृषि विकास बैंक, चौधरी फाउण्डेसन, वर्ल्डलिंक कम्यूनिकेशन, भ्यास मिडिया, इभेन्ट म्याक्स, सोल्टी होटेल, इको एड, इन्क्यूलिसिभ फ्यूचर फाउण्डेसन रहेका छन् ।
नेपाल उद्योग परिसंघ (सीएनआई) ले निजी क्षेत्रको उत्पादनमुलक एवं सेवामुलक प्रतिनिधिमूलक संस्थाको रूपमा नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवर्द्धन, रोजगारी सिर्जना एवं समग्र आर्थिक विकासका लागि नेपाल सरकारसंगको सहकार्यमा आफ्ना गतिविधि अघि बढाउदै आएको छ ।
परिसंघले उद्योग, राजश्व, पूर्वाधार, पर्यटन, महिला नेतृत्व फोरमलगायत समिति/परिषद्/फोरम गठन गरी तत्तत्त क्षेत्रका लागि विभिन्न गतिविधि एवं नीतिगत सुझाव दिदै आउनुका साथै सरोकारवाला अन्य संघ संस्थासँग सहकार्य, समन्वय गर्दै अर्थतन्त्रसँग सम्बन्धित विभिन्न क्षेत्रमा काम गर्दै आएको छ ।