साताकाे तेस्राे दिनपनि ३२.२१ अंकले घट्याे नेप्से

काठमाडाैं, २७ फागुन । नेपालको सेयर बजारमा आज(मंगलबार) ठूलो गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.२१ अंकले घटेर २,७१९.२० विन्दुमा बन्द भएको छ। यो गिरावट १.१७ प्रतिशतको हो।
आजको कारोबारमा कुल ८ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता सेयर किनबेच भएका छन् । हिजाे ८ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता सेयर कारोबार भएकाे थियाे ।
बजारमा आज ३३ कम्पनीको सेयर मूल्य बढेको छ, भने २०८ कम्पनीको सेयर घटेको छ र ३ कम्पनीको मूल्य भने स्थिर रह्यो।
यस दिन कुनै पनि सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छैन भने महा लक्ष्मि विकास बैंकको सेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ ।
यस्तै आज कुनै पनि सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।