Date

सोम, चैत्र ३, २०८१
Mon, March 17, 2025

साताकाे पहिलाे दिन २१.६३ अंकले घट्याे नेप्से

साताकाे पहिलाे दिन २१.६३ अंकले घट्याे नेप्से

काठमाडाैं, ३ चैत्र ।  नेपालको सेयर बजारमा आज(आइतबार)  गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.६३ अंकले घटेर २,७१४.८५ विन्दुमा बन्द भएको छ। यो गिरावट ०.७९ प्रतिशतको हो।

आजको कारोबारमा कुल ६ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने १ करोड ३९ लाख ७४ हजार ४५२ कित्ता सेयर किनबेच भएका छन् । गत बुधबार ८ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने २ करोड २९ लाख ४१ हजार ३६५ कित्ता सेयर किनबेच भएकाे थियाे ।

बजारमा आज ३१ कम्पनीको सेयर मूल्य बढेको छ, भने २०७ कम्पनीको सेयर घटेको छ र ६ कम्पनीको मूल्य भने स्थिर रह्यो।

यस दिन कुनै पनि सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छैन भने सामुदायिक लघुबित्तिय बित्तियकाे सेयर मुल्य ८.१९ प्रतिशतले बढेको छ ।

यस्तै आज कुनै पनि सेयरकाे सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x