Date

सोम, चैत्र ३, २०८१
Mon, March 17, 2025

प्रतिनिधि सभाबाट ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

प्रतिनिधि सभाबाट ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ, ३ चैत्र । संघीय संसद् अन्तर्गत रहेको प्रतिनिधि सभाबाट ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ विचार गरियोस भन्ने प्रस्ताव प्रबहुमतले स्वीकृत भएको छ । विधेयक स्वीकृत भएसंगै विधेयकमाथि छलफल हुने बाटो खुलेको छ ।

आइबारको प्रतिनिधि सभा बैठकमा विधेयकमाथि संशोधन प्रस्ताव राख्न पनि समय खुला गरिएको छ । सभामुख देवराज घिमिरेले संशोधनका लागि सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको विधेयक शाखामा सम्पर्क राख्न सांसदहरूलाई भनेका छन् ।

सरकारले यो विधेयक ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ लाई प्रतिस्थापन गरेर ल्याइएको हो ।

संसद भवन बानेश्रमा आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ विचार गरियोस भन्ने प्रस्ताव पेश गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x