Date

शुक्र, चैत्र ७, २०८१
Fri, March 21, 2025

कार्टेलिङ गरेर रड सिमेन्टको मूल्य बढाउने उद्योगीलाई कारबाही गर्न निर्माण व्यवसायीको माग

कार्टेलिङ गरेर रड सिमेन्टको मूल्य बढाउने उद्योगीलाई कारबाही गर्न निर्माण व्यवसायीको माग

काठमाडौं, ५ चैत्र। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले कार्टेलिङ गरेर रड सिमेन्टको मूल्य बढाइएको भन्दै त्यस्ता उद्योगीलाई कारवाही गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिले मंगलबार आयोजना गरेको बैठकमा बोल्दै अध्यक्ष सिंहले कार्टेलिङ गरेर सिमेन्ट र डण्डीको मूल्य बढाउँदा निर्माण क्षेत्रलाई थला पार्न खोजेको आरोप लगाए ।

उनले बढाइएको मूल्य अविलम्ब खारेज गरी कार्टेलिङ गर्ने उद्योगीलाई कारवाहीका लागि निर्देशन दिन सम्बन्धित निकायलाई अनुरोध गरे ।

बैठकमा सिमेन्ट उद्योगी ध्रुव थापाले घाटामा उद्योग चलिरहेकोले अझै मूल्य बढ्ने बताए । उनले प्रति बोरा १५०० रुपैयाँ घाटा खाएर सिमेन्ट विक्री गर्दै आएको बताए ।

सित्तैमा दिन नसकिने भन्दै उनले अनावश्यक मूल्य बृद्धि भएको भए छानविन गर्न सरोकार निकायलाई चूनौती दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x