प्रहरीद्धारा स्रोत नखुलेको डलर र युरोसहितको करोडौं रकम बरामद

काठमाडौं, ५ चैत्र। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चीनको केरुङतर्फ लगिँदै गरेको अवस्थामा करोडौं रकम बरामद गरेको छ ।
स्रोत नखुलेको बताइएको उक्त रकम बरामद गर्न कार्यालयले टोखाबाट एक ट्रकलाई नियन्त्रणमा लिएको हो । नियन्त्रण्मा लिएको ट्रकबाट अनुमानित अमेरिकी डलर ३ लाख २० हजार ३८५ र १३ लाख ७५ हजार युरो फेला परेको छ ।
नेपाली विनिमय दरका आधारमा उक्त रकम २५ करोड २१ लाख ४४ हजार हुनसक्ने कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिए ।
रकमका साथ केही मानिस पक्राउ परेको र उनीहरुमाथि अनुसन्धान भइरहेको प्रवक्ता आचार्यले बताए ।