Date

मङ्ल, चैत्र १८, २०८१
Tue, April 1, 2025

राष्ट्र बैंकद्वारा बजारबाट थप ३० अर्ब रुपैयाँ संकलन, आज ३ बजेसम्म आवेदन दिने सकिने

राष्ट्र बैंकद्वारा बजारबाट थप ३० अर्ब रुपैयाँ संकलन, आज ३ बजेसम्म आवेदन दिने सकिने

काठमाडौं, १३ चैत्र । नेपाल राष्ट्र बैंकले बजारमा बढ्दो तरलता नियन्त्रण गर्न थप ३० अर्ब रुपैयाँ तान्ने निर्णय गरेको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोल प्रक्रियामार्फत आवेदन दिन सक्नेछन्।

राष्ट्र बैंकले २१ दिन अवधिका लागि उक्त मौद्रिक उपकरण प्रयोग गर्न लागेको हो। यस अवधिको साँवा तथा ब्याज भुक्तानी वैशाख ३ गते तोकिएको छ।

ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोडदेखि अधिकतम ५ करोडको गुणनमा रकम माग गर्न सक्नेछन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x