Date

मङ्ल, चैत्र १८, २०८१
Tue, April 1, 2025

आठ महिनामा ५६ अर्बको खानेतेल निर्यात, भटमास तेल प्रमुख

आठ महिनामा ५६ अर्बको खानेतेल निर्यात, भटमास तेल प्रमुख

काठमाडाैं, १३ चैत्र । नेपालले पछिल्ला आठ महिनामा ५६ अर्ब रुपैयाँ बराबरको खानेतेल निर्यात गरेको छ। विदेशबाट कच्चा तेल आयात गरी नेपालमै प्रशोधनपछि मूल्य अभिवृद्धि गरेर निर्यात गर्दा खानेतेल व्यापार उल्लेख्य रूपमा बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालले कुल १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ, जसमा खानेतेलको हिस्सा निकै उच्च रहेको छ।

नेपालले सो अवधिमा मात्रै ४७ अर्ब ९४ करोड ६६ लाख रुपैयाँ बराबरको भटमास (सोयाबिन) तेल निर्यात गरेको छ भने ७ अर्ब ९८ करोड २३ लाख रुपैयाँ बराबरको सूर्यमुखी तेल निर्यात गरेको छ। गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष निर्यात ५७.२० प्रतिशतले वृद्धि भएको छ, जसमा खानेतेल प्रमुख निर्यातित वस्तु बन्न पुगेको छ। अन्य प्रमुख निर्यात वस्तुहरूमध्ये ५ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको अलैंची र ४ अर्ब ३२ करोड ३९ लाख रुपैयाँ बराबरको कार्पेट रहेका छन्।

नेपालको कुल निर्यातमा खानेतेलको हिस्सा ठूलो रहेकाले मूल्य अभिवृद्धि हुने वस्तुको व्यापार प्रवर्द्धनले अर्थतन्त्रलाई सकारात्मक दिशा दिन सक्ने विज्ञहरू बताउँछन्। हाल नेपाल १३ खर्ब ३ अर्ब ७३ करोड ८६ लाख रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार गरिरहेको छ तर ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x