Date

बुध, चैत्र १९, २०८१
Wed, April 2, 2025

आठ महिनामा १६२ अर्बको पेट्रोलियम पदार्थ आयात, डिजेल शीर्ष स्थानमा

आठ महिनामा १६२ अर्बको पेट्रोलियम पदार्थ आयात, डिजेल शीर्ष स्थानमा

काठमाडौं, १३ चैत्र । नेपालले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मात्रै १६२ अर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार डिजेल, पेट्रोल र एलपी ग्यास आयात उच्च रहेको छ, जसले व्यापार घाटा थप चुलिएको देखिन्छ।

नेपालले सो अवधिमा ७८ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ बराबरको डिजेल आयात गरेको छ, जुन कुल पेट्रोलियम पदार्थ आयातको सबैभन्दा ठूलो हिस्सा हो। त्यस्तै, ४२ अर्ब ८० करोड १७ लाख रुपैयाँ बराबरको पेट्रोल र ४१ अर्ब रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ। पछिल्ला केही वर्षयता नेपालमा विद्युत् उत्पादनमा वृद्धि भए पनि पेट्रोलियम पदार्थको उपभोग घट्न सकेको छैन।

यस अवधिमा नेपालले ९ अर्ब ६९ करोड २२ लाख रुपैयाँ बराबरको विद्युतीय सवारीसाधन र २ अर्ब ११ करोड रुपैयाँ बराबरको अन्य सवारीसाधन समेत आयात गरेको छ। यस्तै, २१ अर्ब ९१ करोड ८३ लाख रुपैयाँ बराबरको १४ लाख ७ हजार ७८ वटा स्मार्टफोन पनि आयात भएको छ।

देशमा पेट्रोलियम पदार्थको उच्च खपतले नेपालको वैदेशिक व्यापारमा ठूलो असर पारेको देखिन्छ। हालसम्म नेपालले १३ खर्ब ३ अर्ब ७३ करोड ८६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्दा ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x