नेप्सेमा माउन्टेन इनर्जी नेपाल लिमिटेड र महालक्ष्मी विकास बैंकको बोनस सेयर सूचीकृत

काठमाडौँ, १४ चैत । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माउन्टेन इनर्जी नेपाल लिमिटेड र महालक्ष्मी विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा माउन्टेन इनर्जी नेपाल लिमिटेडको १५ प्रतिशत बोनस बापतको ३३लाख ९४ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा महालक्ष्मी विकास बैंक ३ प्रतिशत बोनस बापतको १२ लाख ५१हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
यी सूचिकृत शेयर आइतबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।