काठमाडौँमा गोगोरोको ४५ ब्याट्री स्व्याप स्टेसन सञ्चालनमा

काठमाडौं, १५ चैत्र । दुई पाङगे्र विदयुतीय सवारी साधनहरूको लागि गोगोरोले काठमाडौं उपत्यकाभरि पूर्ण रूपमा सञ्चालित ४५ ब्याट्री स्वाप स्टेशनहरू सफलतापूर्वक स्थापना गरेको छ ।
गोगोरोले आफ्नो प्रतिबद्धता अनुरुप बिक्री गर्नु अघि नै बलियो नेटवर्क पूर्वाधार निर्माण गरेको हो । गोगोरोको ब्याट्री–स्वापिङ प्रविधिले ईभीका लागि सबैभन्दा ठूलो अवरोधहरू मध्ये एक रेन्जको चिन्तालाई (चार्ज सकिने चिन्ता) प्रत्यक्ष रूपमा सम्बोधन गर्दछ। राइडरहरूले ब्याट्री सकिने वा चार्जिङको लागि धेरै समय पर्खने बारेमा कहिल्यै चिन्ता गर्नु नपर्ने कम्पनीको दाबी छ ।
हाल गोगोरोका स्टेसनहरू पेट्रोल पम्प, सुपरमार्केट तथा अन्य रणनीतिक स्थानहरुमा राखिएका छन् । हाल काठमाडौंमा दैनिक १०० भन्दा बढी स्वाप भइरहेको छन् र यो बढ्दो क्रममा छ।
‘नेपालको ईभी इकोसिस्टमलाई बलियो बनाउन हामी आफ्नो प्रतिबद्धता पूरा गर्न पाएकोमा गर्व लागेको छ । यी ४५ स्व्याप स्टेसनहरू हाम्रो दीर्घकालीन सोचको पहिलो खुडकिलो मात्र हो, हाम्रो लक्ष्य अझ स्मार्ट र दिगो यातायात प्रणाली निर्माण गर्नु हो,’ नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले भने ।
गोगोरोको बारेमा
सन २०११ मा स्थापित गोगोरोले आफ्नो अग्रणी ब्याट्री–स्वापिड नेटवर्कको साथ शहरी ऊर्जा वितरणलाई पुनः परिभाषित गरिरहेको छ । इनोभेसनको लागि विश्वप्रसिद्ध गोगोरोले आफ्नो स्मार्ट, स्केलेबल र सस्टेनएबल मोबिलिटीका समाधानहरूको साथ शहरी यातायातलाई रुपान्तरण गरेको छ । ताइवान, फिलिपिन्स, चीन, भारत, जापान, इन्डोनेसिया, कोरिया, इजरायल, सिंगापुर र नेपालमा सञ्चालनमा आएको गोगोरोले इलेक्ट्रिक मोबिलिटी इनोभेसनको नेतृत्व गरिरहेको छ ।