Date

सोम, चैत्र २४, २०८१
Mon, April 7, 2025

नेपाल स्टक एक्स्चेन्जको सीईओमा चुडामणि चापागाईं नियुक्त

नेपाल स्टक एक्स्चेन्जको सीईओमा चुडामणि चापागाईं नियुक्त

काठमाडौं, १९ चैत्र । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चुडामणि चापागाईं नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

चापागाईं हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजरका रूपमा कार्यरत छन्। उनलाई बैंकिङ क्षेत्रमा लामो अनुभव रहेको छ।

यसअघि सर्टलिष्ट भएका उम्मेदवारहरूमध्ये नारद लुईटेललाई सीईओ नियुक्त गर्ने निर्णय भएको थियो। तर योग्यता नपुगेको तथ्य खुलेपछि प्रमाणिकरण हुन नसकी सो निर्णय खारेज गरिएको थियो। त्यसपछि मन्त्रिपरिषद्ले पुनः निर्णय गर्दै चापागाईंलाई नेप्से सीईओमा नियुक्त गरेको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x