Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

नेपाली बजारमा सुन र चाँदीको भाउमा उकालो, प्रतितोला दुई हजारले सुन महँगियो

नेपाली बजारमा सुन र चाँदीको भाउमा उकालो, प्रतितोला दुई हजारले सुन महँगियो

काठमाडाैं, २७ चैत्र । बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। मंगलबार प्रतितोला चार सय रूपैयाँले घटेको सुनको मूल्य आज भने प्रतितोला दुई हजार रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७५ हजार चार सय रूपैयाँ पुगेको छ। मंगलबार सोही सुन प्रतितोला एक लाख ७३ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यो मूल्य प्रतितोला एक हजार आठ सय ३० रूपैयाँ थियो। यस हिसाबले चाँदीको मूल्यमा प्रतितोला पाँच रूपैयाँको वृद्धि भएको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x