Date

सोम, जेष्ठ २६, २०८२
Mon, June 9, 2025

सुन चढ्यो स्वर्ण शिखरमा, चाँदीले पनि बढायो चमक

सुन चढ्यो स्वर्ण शिखरमा, चाँदीले पनि बढायो चमक

काठमाडाैं, २८ चैत्र । नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ कीर्तिमान राख्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ। सुनको मूल्य आज प्रतितोला एक लाख ८१ हजार एक सय रूपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै सबैभन्दा महँगो दर हो।

यसअघि चैत २१ गते सुन प्रतितोला एक लाख ८० हजार तीन सय रूपैयाँ मा कारोबार भएको थियो, जुन अघिल्लो कीर्तिमान थियो। नयाँ मूल्यले अघिल्लो मूल्यभन्दा ८ सय रूपैयाँले माथि पुगेको छ।

बुधबारको तुलनामा हेर्दा सुनको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। बुधबार सुन एक लाख ७५ हजार चार सय रूपैयाँ मा कारोबार भएको थियो, जब कि बिहीबारको मूल्य त्योभन्दा ५ हजार ७ सय रूपैयाँ बढी हो।

यसैबीच, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय रूपैयाँ मा कारोबार भइरहेको छ। बुधबारको मूल्य एक हजार आठ सय ३५ रूपैयाँ रहेको थियो, जसअनुसार चाँदीमा ६५ रूपैयाँले वृद्धि भएको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *