Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

प्रधान न्यायाधीशमा टुग्गो लगाउदै संसदीय सुनुवाइ समिति

प्रधान न्यायाधीशमा टुग्गो लगाउदै संसदीय सुनुवाइ समिति

काठमाडौं,१४ साउन ।  भावी प्रधानन्यायाधीशमा दीपकराज जोशी नियुक्त हुने नहुने भन्ने विषय आज टुग्गो लाग्दै छ । कामु प्रधान न्यायाधीश जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय लिन आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बैठक दिउँसो  दुई बजेका लागि बोलाइएको छ ।   हिजो बिहान  बस्ने भनिएको बैठक दुई सांसदहरु पुष्पा भूसाल र जीतेन्द्र देव बाहिर भएको कारण देखाउदै आजलाइ सारिएको थियो ।

फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र धेरै प्रश्नको जवाफ नै नदिएको भन्दै जोशीमाथि सांसदहरु असन्तुष्ट रहेका छन् । सुनुवाइ समितिमा नेकपासहित संसदीय फोरम गरी सक्षापक्षको दुईतिहाइ बहुमत छ । समितिका दुईतिहाइ सदस्यले जोशीको नाममा असहमति जनाए उनको नाम अनुमोदन हुन सक्दैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x