Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अलैची र चिया निर्यात सहज बन्दै

अलैची र चिया निर्यात सहज बन्दै

इलाम,१४ साउन ।  बिषादीको कारण देखाउँदै नेपाली चिया र अलैची भारत निर्यातमा हुदै आएको अवरोध अब हटने भएको छ । भारतीय कृषि प्रयोगशालाले नेपालमा उत्पादन भएको चिया र अलैचीमा बिषादी नभेटिएको रिपोट दिएपछि निर्यातमा सहज भएको हो ।

बिषादी रहेको भन्दै नेपालबाट चिया र अलैची निर्यात गर्दा प्रत्येक गाडिबाट ल्याब टेष्टका लागि स्याम्पल झिक्नुपर्ने र प्रयोगशालाको रिपोट नआउन्जेल गाडि भारतीय भन्सारमा राख्नुपर्ने बाध्यता अहिले हटेको चिया निर्यातकर्ता प्रदिप अग्रावालले बताउनुभयो । भारतको पश्चिम बंगालस्थित कलकत्तामा रहेको ल्याबमा चिया र भातरको बिहार राज्यस्थित रक्सौलमा रहेको प्रयोगशालामा अलैचीको परिक्षण गरिँएको थियो । तर त्याहा विषादी नभएको रिपोर्टले देखाएको छ ।भारतीय ल्याबले नै नेपाली चिया र अलैँची बिषादी रहित भएको प्रमाणित भएपछि अहिले निर्यातमा कुनैपनी अवरोध नभएको व्यवसायीले बताएका छन् । नेपालमा उत्पादन भएको चिया र अलैची झापाको काँकरभिट्टास्थित मेची भन्सार कार्यालय र बिराटनगरको रानी भन्सार कार्यालयबाट भारत निर्यात हुँदै आएको   छ ।।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x