Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

वित्तिय साक्षरतका लागि ‘फिन–टिच’ कार्यक्रम

वित्तिय साक्षरतका लागि ‘फिन–टिच’ कार्यक्रम

काठमाडौं, १४ साउन । देशमा वित्तिय साक्षरता बढाउने उद्देश्य अनुरुप अन्ट्रप्रनर्स नेपालले फाइनान्सियल टिच (फिन–टिच) नामक कार्यक्रम सार्वजनिक गर्ने भएको छ । ४ बर्षको लामो अनुसन्धान पछि विद्यालय स्तरको पाठ्यक्रम नै डिजाइन गरेर कार्यक्रम लञ्च गर्न लागिएको अन्ट्रप्रनर्स नेपालका कोषाध्यक्ष तथा उक्त कार्यक्रमका निर्देशक अस्मिता अधिकारीले जानकारी दिइन ।

सन् २०१४ मा स्थापना भएको अन्ट्रप्रनर्स नेपालले शुरुमा देशमा उद्यमशिलता विकास सम्बन्धी काम गरेको थियो । तर, अनुसन्धानको क्रममा धेरै जसो नेपाली युवा युवतीहरु वित्तिय साक्षरता अभावकै कारण उद्यमशिलतामा सफलता हासिल गर्न नसकेको निष्कर्ष निष्किएपछि ‘फिन–टिच’ सार्वजनिक गर्न लागिएको उनले जानकारी दिईन । ‘हामीले सुरुवाती चरणमा देशमा उद्यमशिलता विकासको लागि गाउँगाउँमा गएर कार्यक्रम संचालन गर्यौ,’ उनले भनिन्, ‘तर, उद्यमशिलतामा लागेका धेरैजसो नेपालीहरु वित्तिय साक्षरता आभावकै कारण आफ्नो व्यवसायबाट पलायन हुनु परेको निष्कर्ष आएपछि उद्यमशिलताको विकाससँगै वित्तिय साक्षरतालाई पनि सँगै लैजान ‘फिन–टिच’ कार्यान्यनमा ल्याउन लागेका हौं ।’

अन्ट्रप्रनर्स नेपालले ‘साक्षर मात्र होइन वित्तिय साक्षर बनौं’ भन्ने नाराका साथ २ बर्षको कार्याक्रम सार्वजनिक गर्ने भएको छ । करिब १५ करोड रुपैयाँको बजेटसहित सार्वजनिक गर्न लागिएको सो कार्यक्रमले स्कुल, कलेजदेखि उद्यमशिलतामा लागेका उद्यमीहरुलाई वित्तिय रुपमा साक्षर बनाईने भएको छ । विशेषगरी फिन–टिचले ६ देखि ९ कक्षा, ११ र १२ कक्षा र उद्यमशिलतामा लागेका व्यक्तिहरुलाई लक्षित गरेर पाठ्यक्रम डिजाईन गरेको छ । जसले देशभरका स्कुलमा गएर १५ दिन, १ महिना र ३ महिनाको पाठ्यक्रम डिजाईन गरिएको अधिकारी बताइन ।

अन्ट्रप्रनर्स नेपालले सवै क्षेत्रका विज्ञ राखेर अनुसन्धान गरी पाठ्यक्रम तयार गरेको थियो । उक्त अनुसन्धान गर्ने विज्ञ समुहमा बैंकिङ, बीमा, युवा उद्यमी, तथा अर्थशास्त्रीहरुको समुह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x