एनआइसी एशिया बैंक र युनाईटेड ईन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं, १४ साउन । एनआईसी एशिया बैंक लिमिटेडले युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २ सय ३३ वटा शाखा कार्यालय मार्फत युनाईटेड इन्स्योरेन्सको निर्जिवन बिमा पोलिसीहरु खरिद गर्न सक्ने छन् ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।