Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

एनआरएनएको युरोपीय क्षेत्रीय बैंठक लग्जेम्वर्गमा, नेपालको आर्थिक, सामाजिक विकासमा जोड

एनआरएनएको युरोपीय क्षेत्रीय बैंठक लग्जेम्वर्गमा, नेपालको आर्थिक, सामाजिक विकासमा जोड

हृदयराज गौतम
लग्जेम्वर्ग, १४ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं युरोपीय क्षेत्रीय बैठक तथा ९ औं युरोपीय क्षेत्रीय महिला बैठक आइतवारबाट सुरु भएको छ । “युरोपिय एनआरएनको प्रतिवद्धताः नेपालमा पर्यटक, ज्ञानसीप र लगानी” भन्ने मुल नाराका साथ लक्जेम्बर्गस्थित हिल्टन होटलमा आयोजित बैठकको उद्धघान परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र आयोजक राष्ट्र लक्जेम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइश, संघका अध्यक्ष भवन भट्ट, युरोप संयोजक शिव वरुवालले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीले गैर आवासिय नेपालीहरुलाई नागरिकता कार्यान्वय हुने प्रतिवद्धता जनाए । उनले गैरआवासीय नेपालीहरुले नेपालको आर्थिक क्षेत्रमा योगदान गरिरहेको पनि बताए । नेपालमा तीन तहको निर्वाचन सम्पन्न भइसकेकाले अब राजनीतिक संक्रमण पुरा भएको उल्लेख गर्दै उनले अबको नेपालको एकमात्र ऐजेन्डा आर्थिक विकास भएको बताए ।

त्यस्तै एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछाने संविधानमा उल्लेख भएको गैर आवासिय नेपालीको नागरिकता कार्यान्वयनमा ल्याउन माग गरे ।‘संविधानमा उल्लेख भइसकेको कुरालाई पनि मन्त्रीहरुले विरोधाभाषपुर्ण अभिव्यत्ति दिने गरेको भन्दै उनले संविधानको मर्मलाई सम्बोधन गर्ने गरी कानुन बन्नुपर्नेमा जोड दिए ।

बेनालक्सका लागि नेपाली राजदुत लोक बहारदुर थापाले पनि गैर आवासिय नेपालीलाई नेपालले ट्रेड प्रमोटरका रुपमा लिनुपर्ने धारणा राखे । आयोजक राष्ट्र लक्जेम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइश कार्यक्रमलाई सम्बोधन गर्दै लक्जेम्बर्गमा तीन सय नेपालीहरु बसोबास गर्ने जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x