साझामा अवकास प्राप्त कर्मचारीको धर्ना

काठमाडौं, १४ साउन । साझा प्रकाशनमा अवकास प्राप्त कर्मचारीहरुले धर्ना दिएका छन । २ वर्ष अघि अवकास प्राप्त कर्मचारीहरुलाई आवश्यक सेवा सुविधा उपलब्ध नगराएको भन्दै उनीहरुले आन्दोलनमा उक्रिएका हुन ।
उनीहरुले असार ३२ गते देखि साझा प्रकाशन अगाडि धर्ना दिएका छन् । दुई वर्ष अघि आवश्यक सेवा सुविधा उपलब्ध गराउने आश्वासन सहित उनीहरुलाई अवकासमा जान इच्छुक कर्मचारीहरुको राजीनामा स्विकृत गरिएको थियो ।
अवकास प्राप्त १ सय २८ कर्मचारीलाई उपदान स्वरुप १७ करोड रुपैयाँ दिनुपर्ने हुन्छ । पछिल्लो समय साझाको आर्थिक अवस्था निकै कमजोर बनेको छ ।
साझा प्रकाशनका महाप्रबन्धक डोलेन्द्र शर्माले भने उनीहरुको मागलाई छिट्टै सम्बोधन गर्ने आश्वासन दिए । २० गते भित्र माग सम्बोधन गर्ने गरि काम गरिरहेको भन्दै केही समय आन्दोलन रोक्न आग्रह गरे । उनीहरुलाई उपलब्ध गराउने रकमको फाइल शिक्षा मन्त्रालयबाट अर्थ मन्त्रालयमा पुगिसकेको पनि उनले जानकारी दिए ।