Date

मङ्ल, पुस २३, २०८१
Tue, January 7, 2025

मुक्तिनाथ विकास बैंक र पोखरा विश्वविद्यालय बीच मानव संशाधन व्यवस्थापन गर्ने सम्झौता

मुक्तिनाथ विकास बैंक र पोखरा विश्वविद्यालय बीच मानव संशाधन व्यवस्थापन गर्ने सम्झौता

काठमाडौं, १४ साउन । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखरा विश्वविद्यालय, स्कूल अफ विजनेसबीच बैंकमा आवश्यक पर्ने मानव संशाधन व्यवस्थापन गर्ने सम्झौतापत्र भएको छ।

उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका क्षेत्रीय प्रवन्धक बाबुराम ढकाल र पोखरा विश्व विद्यालय, स्कूल अफ विजनेसका निर्देशक डा. रविन्द्र घिमिरेकोे हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने क्रममा पोखरा विश्वविद्यालयवाट विविए, विआइ र एमविएमा उत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने ५ जना विद्यार्थीहरुलाई क्षमता र दक्षताका आधारमा आवश्यक प्रकृया पुरा गरी कर्मचारीको रुपमा नियुक्ति गरिने छ ।

विश्वविद्यालयमा विभिन्न विभाग अन्तर्गत अध्ययन गर्ने विद्यार्थीहरुलाई इन्टर्नशीप गर्न अवसर प्रदान गर्ने र बैंकिङ्ग सम्बन्धी आवश्यक तालिम तथा ब्यवहारिक ज्ञान आदान प्रदान गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको बताइएको छ। यस सम्झौता पश्चात शैक्षिक योग्यता हासिल गरी सकेपछि देखिने बेरोजगारी समस्यालाई व्यवस्थापन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x