Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

विभाजित भए अटोमोबाइल व्यावसायी, जन्मियो नाडा जस्तै अर्को संस्था ‘नाइमा’

विभाजित भए अटोमोबाइल व्यावसायी, जन्मियो नाडा जस्तै अर्को संस्था ‘नाइमा’

काठमाडौँ, ३ वैशाख । नेपालका प्रमुख अटोमोबाइल व्यवसायीहरूको नयाँ संस्था नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर एसोसिएसन (नाइमा) को औपचारिक घोषणा भएको छ । लामो समयदेखि नाडा अटोमोबाइल्स एसोसिएसनसँग आबद्ध व्यवसायीहरूले नै मिलेर नयाँ संस्था गठन गरेका हुन् ।

यो संस्थामा सवारीसाधन आयात गर्ने र उत्पादन वा एसेम्बल गर्ने कम्पनीहरू सदस्यका रूपमा रहने बताइएको छ । बुधबार काठमाडौँमा एक कार्यक्रमबिच संस्थाको नेतृत्व र बोर्ड सदस्यहरूको घोषणा पनि गरिएको थियो । संस्थाको नेतृत्वमा युनाइटेड ट्रेडर्स सिन्डिकेटकी प्रबन्ध निर्देशक ऋतुसिंह वैद्य रहेकी छिन् भने संस्थापक बोर्ड सदस्यको रूपमा सुहृदराज घिमिरे, शेखर गोल्छा, सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दीपकुमार सारडा, निराकार श्रेष्ठ, निकुञ्ज अग्रवाल र उदयन काभ्रा रहेका छन्।

संस्थाको औपचारिक घोषणाका नै दिन संस्थाले २१-२५ साउनसम्म ‘नेपाल मोबिलिटी एक्स्पो’ आयोजना गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ । यससँगै अब नेपालमा पहिलो पटक दुई ओटा पृथक् अटो शोहरू हुने निश्चित भएको छ- एक नाडा अटो शो, जुन भदौ ३ गतेदेखि सुरु हुँदैछ, र अर्को नाइमाले आयोजना गर्ने नेपाल मोबिलिटी एक्स्पो ।

नाडा अटो शोमा यो पटक विद्युतीय सवारी साधनहरूलाई प्राथमिकतामा राखिने भएको छ । नाडाले यसका लागि स्टल बुकिङ पनि खुलाइसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *