Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

नेपाल भूमि तथा आवास विकास महासंघको तेस्रो स्थापना दिवस मनाइयो

नेपाल भूमि तथा आवास विकास महासंघको तेस्रो स्थापना दिवस मनाइयो

काठमाडौँ, ९ वैशाख । नेपाल जग्गा तथा आवास विकास महासंघले आफ्नो तेस्रो स्थापना दिवस मनाएको छ । नेपालको सम्पूर्ण भौगोलिक क्षेत्रमा छरिएर रहेका रियल इस्टेट व्यवसायीहरुको साझा छाता संगठनको रुपमा स्थापित महासंघले स्थापनाको तेस्रो दिवस मनाएको हो ।

२०७९साल बैशाख ९ गते स्थापित यस महासंघको तेस्रो स्थापना दिवसको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गरेका हु । मन्त्री अधिकारीको प्रमुख आतिथ्यमा छाँया सेन्टर ठमेलको एलफ्ट होटलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

अध्यक्ष विष्णु प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सहभागी अतिथिहरूले महासंघको उत्तरोत्तर प्रगतिको कामना गर्दै जग्गा व्यवसायमा देखिएका समस्याको समाधानका विषयमा धारणा राखेका थिए । मन्त्री अधिकारीले समस्याको समाधानबारे आफूले सक्ने प्रयास गर्ने विश्वास दिलाएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x