Date

मङ्ल, भदौ १०, २०८२
Tue, August 26, 2025

पूर्व गभर्नर डा. भट्टराईद्धारा गभर्नर सिफारिस समितिबाट राजीनामा

पूर्व गभर्नर डा. भट्टराईद्धारा गभर्नर सिफारिस समितिबाट राजीनामा

काठमाडौं, ९ वैशाख । सरकारले गठन गरेको गभर्नर सिफारिस समितिका सदस्य पूर्व गभर्नर डा. विजयनाथ भट्टराईले समितिबाट राजीनामा दिएका छन्।

गत चैत ११ गते गठन भएको समितिको हालसम्म एउटा पनि बैठक बस्न नसकेको भन्दै भट्टराईले राजीनमा दिएका हुन् ।

सरकारले गभर्नर नियुक्तिका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा भट्टराई सहित राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेल सदस्य छन्।

गभर्नर नियुक्तिमा सत्ता साझेदार राजनीतिक दलहरूबीच सहमति जुट्न सकेको छैन। केही दिनअघि मात्रै राष्ट्र बैंक भित्रबाटै गभर्नर बनाउने गरी दुई दलका शीर्ष नेताबीच सहमति भएको खबर बाहिरिएको थियो।  तर, गभर्नर छनोटमा अझै गाँठो फुक्न सकेको छैन।

राष्ट्र बैंकमा चैत २४ गतेदेखि गभर्नर पद रिक्त छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *