Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

भारतीय उर्जामन्त्री खट्टरले गरे अरुण तेस्रो जलविद्युत् आयोजनाको भ्रमण

भारतीय उर्जामन्त्री खट्टरले गरे अरुण तेस्रो जलविद्युत् आयोजनाको भ्रमण

काठमाडौं, ९ वैशाख । नेपाल भ्रमणमा आएका भारतीय ऊर्जा तथा आवास मामिला मन्त्री मनोहरलाल खट्टरले अरुण तेस्रो जलविद्युत आयोजनाको अवलोकन भ्रमण गरेका छन् ।

मंगलबार बिहान काठमाडौं आइपुगेका मन्त्री खट्टर र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले संयुक्त रूपमा आयोजनाको भ्रमण गरेका हुन् ।

भारतको एसजेभीएन (यसअघि सत्लज जल विद्युत निगम) ले अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । यसको क्षमता ९ सय मेगावाट रहेको छ ।

भ्रमणका क्रममा दुवै देशका मन्त्रीले आयोजनाको प्रगतीबारे समीक्षा गरेका थिए ।

त्यस्तै, आयोजनासम्बन्धी अवरोधहरूको समाधान गर्ने उपायका बारेमा पनि छलफल भएको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x