भोलिदेखि संसद्को बजेट अधिवेशन सुरु हुने, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौँ, ११ वैशाख । आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि संसदको बजेट अधिवेशन शुक्रबारबाट संचालन हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि नै संघीय संसद्को बजेट अधिवेशनलाई सम्बोधन गर्ने भएका छन्।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भोली प्रधानमन्त्रीले संसद्मा सम्बोधन गरेर समसामयिक विषयमा धारणा राख्ने जानकारी दिए। ‘भोलिको बैठकमा प्रधानमन्त्रीज्यूले देशवासीका नाममा सम्बोधन गर्नुहुन्छ,’ उनले भने, ‘समसामयिक विषयमा धारणा राख्नुहुन्छ।’
अहिले विद्यालय शिक्षा विधेयक मा गर्दै २१ दिनदेखि शिक्षक आन्दोलन छन्। शिक्षकहरुलाई आन्दोलन रोक्नेगरी भरोसा दिलाउन सम्बोधनमार्फत ओलीले प्रयास गर्नेछन्।
सरकारले शिक्षकहरुले मागिरहेको विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गर्ने तयारी गरेको छ।