Date

बिहि, बैशाख १८, २०८२
Thu, May 1, 2025

नेपालीको वार्षिक कमाइ प्रतिव्यक्ति १,५१७ अमेरिकी डलर पुग्यो

नेपालीको वार्षिक कमाइ प्रतिव्यक्ति १,५१७ अमेरिकी डलर पुग्यो

काठमाडौं, १७ वैशाख । नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १५१७ अमेरिकी डलर पुगेको छ । गत आव १,४५६ अमेरिकी डलर रहेको प्रतिव्यक्ति आय एक वर्षमा ६१ डलरले बढेको हो ।

चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र ४.६१ प्रतिशतले विस्तार हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आवको राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै आर्थिक वृद्धिदर ६१ प्रतिशत रहने अनुमान थरेको हो ।

गत आव नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत थियो । यो आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा हो । आधारभुत मूल्यमा भने आर्थिक वृद्धिदर ३.६५ प्रतिशत हुने सरकारको अनुमान छ ।  आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

गत आवको अन्त्यमा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *