Date

शनि, बैशाख २०, २०८२
Sat, May 3, 2025

छोटो समयमै ४ खर्बको वृद्धिसहित अर्थतन्त्र ६१ खर्ब नाघ्ने; विद्युत् र ग्याँस क्षेत्र सबैभन्दा अघि

छोटो समयमै ४ खर्बको वृद्धिसहित अर्थतन्त्र ६१ खर्ब नाघ्ने; विद्युत् र ग्याँस क्षेत्र सबैभन्दा अघि

काठमाडाैं, १८ वैशाख । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्षको अन्त्यसम्ममा नेपालको अर्थतन्त्रको कुल आकार अर्थात् कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। यो अघिल्लो वर्षको तुलनामा करिब ४ खर्ब रुपैयाँले बढी हो। गत आर्थिक वर्षमा नेपालको जीडीपी ५७ खर्ब ९ अर्ब रुपैयाँ रहेको थियो।

कार्यालयले मंगलबार सार्वजनिक गरेको “राष्ट्रिय लेखामान” प्रतिवेदनअनुसार चालू वर्षको आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत हुने अनुमान गरिएको छ। यसमा कृषि, वन तथा मत्स्य क्षेत्रले २५.१६ प्रतिशत योगदान पुर्‍याउनेछ भने व्यापार क्षेत्रको योगदान १४.५५ प्रतिशत रहनेछ।

क्षेत्रगत विश्लेषण गर्दा, कृषि क्षेत्रमा ३.२८ प्रतिशत र गैरकृषि क्षेत्रमा ४.२८ प्रतिशत वृद्धिदर हुने अनुमान गरिएको छ। कार्यालयले आर्थिक क्रियाकलापलाई १८ वर्गमा विभाजन गरी मूल्य अभिवृद्धिको आधारमा विश्लेषण गरेको छ। तीमध्ये विद्युत् तथा ग्याँस क्षेत्रले सबैभन्दा उच्च १३.८२ प्रतिशत वृद्धिदर हासिल गर्ने देखिएको छ, जुन समग्र अर्थतन्त्रका लागि उत्साहजनक सूचकका रूपमा लिइएको छ।

यसैबीच, प्रतिव्यक्ति राष्ट्रिय आयमा पनि सुधार देखिएको छ। चालू आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १,५१७ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको १,४६७ डलरको तुलनामा ५० डलरले बढी हो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *