Date

मङ्ल, बैशाख २३, २०८२
Tue, May 6, 2025

नेप्से ९.६२ अंकले घट्यो, कारोबार रकम ७ अर्ब ६३ करोड

नेप्से ९.६२ अंकले घट्यो, कारोबार रकम ७ अर्ब ६३ करोड

काठमाडाैं, २२ वैशाख । साेमबार नेपाल स्टक एक्सचेञ्ज नेप्से ९.६२ अंकले घटेकाे छ। आज सेयर बजार मापक नेप्से परिसुचक ०.३६ प्रतिशतले घटेर २ हजार ६ सय १०.७६ बिन्दुमा पुगेको छ।

यस दिन १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता सेयर ७ अर्ब ६३ करोड ४१ लाख ९३ हजारमा कारोबार भएको छ। गत आइतबार २ करोड १९ लाख ५ हजार कित्ता शेयर ९ अर्ब २४ करोड ५५ लाख ८३ हजार रूपैयाँको कारोबार भएकाे थियाे ।

आज कारोबार भएको बजारमा ८६ कम्पनीको सेयर मुल्य बढेको छ भने १५९ वटाको घटेको छ। यस्तै एउटाको सेयर मूल्य स्थिर रहेको छ।

यस दिन नेपाल माइक्राे इन्सुरेन्स, ओम मेघाश्री फार्मासुटेक्लस् र सिटिजन सुपर ३० म्युचुअल फण्डकम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने क्रेष्ट माइक्राे लाइफ इन्सुरेन्स्काे सेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ।

यस्तै आज कुनै पनि कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छैन् ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *