पाकिस्तानमाथि भारतको आक्रमणपछि डोनाल्ड ट्रम्प भन्छन् ,लाजमर्दो कुरा हो

काठमाडौं, २४ वैशाख । भारतले पाकिस्तानमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनालाई लाजमर्दो भएको टिप्पणी गरेका छन् ।
उनले भनेका छन्, ‘यो लाजमर्दो कुरा हो । मलाई लाग्छ, लडाईँ हुन सक्ने अनुमान पहिले नै थियो । म आशा गर्छु, यो तनाव चाँडै सकिन्छ।’
कश्मीरको पहलगाममा अप्रिल २२ मा २७ जनाको ज्यान जाने गरि भएको आतङ्ककारी आक्रमणको बदलामा भारतले बुधबार हवाई आक्रमण गरेको हो ।