Date

शुक्र, बैशाख २६, २०८२
Fri, May 9, 2025

आईपीओ निष्कासनको प्रक्रियामा धितोपत्र बोर्डमा अड्किएका ८९ कम्पनीको फाइल अख्तियारको नियन्त्रणमा

आईपीओ निष्कासनको प्रक्रियामा धितोपत्र बोर्डमा अड्किएका ८९ कम्पनीको फाइल अख्तियारको नियन्त्रणमा

काठमाडौं, २५ वैशाख । जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्कासन (आईपीओ) का लागि धितोपत्र बोर्डले कमिसन मागेको समाचार सार्वजनिक भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन तथा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

अख्तियारले बुधबार धितोपत्र बोर्डमा छापा मारेर आईपीओ निष्कासनको प्रक्रियामा रहेका ८९ कम्पनीको फाइल नियन्त्रणमा लिएको हो ।

धितोपत्र बोर्ड स्रोतका अनुसार बुधबार दिउँसो धितोपत्र बोर्डमा पुगेर अख्तियारका अधिकारीले आईपीओ निष्कासनको प्रक्रियामा रहेका ८९ कम्पनीका सबै फाइल नियन्त्रणमा लिएका हुन् ।

आईपीओ निष्कासनको प्रक्रियामा रहेका कम्पनीसँग धितोपत्र बोर्डले आर्थिक चलखेल गरेको आरोपबारे समाचार सार्वनिक भएपछि अख्तियारले सबै फाइल नियन्त्रणमा लिएको बोर्ड स्रोतले जानकारी दियो । अख्तियारले फाइल नियन्त्रणमा लिएसँगै अनुसन्धान अगाडि बढेको हो ।

धितोपत्र बोर्डबाट आईपीओ जारी गर्ने प्रवद्र्धकसँग कमिसन माग भएको भनेर इप्पानका अध्यक्ष गणेश कार्कीले बताएका थिए । पहिले ३ प्रतिशत माग्ने भनेकोमा अहिले ५ देखि ७ प्रतिशतको कमिसन माग भएपछि उक्त विषय सार्वजनिक भएको हो ।

आईपीओ जारी गर्नुपर्ने धितोपत्र बोर्डबाट कमिसन माग भएको विषयमा छानबिन गर्नुपर्ने विषय संसद्मा पनि उठेको थियो । आईपीओका लागि परेका निवेदन २२ महिनादेखि बोर्डले रोकेर कमिसन माग भएको आरोप प्रबर्धकले लगाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *