आज मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नरको नियुक्तिको निर्णय होला त ?

काठमाडौं, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा बस्नेगरी बोलाइएको हो ।
सोमबार सार्वजनिक बिदा भएकाले उक्त दिन मन्त्रिपरिषद्को नियमित बैठक बस्न सकेको थिएन ।
आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्य नियुक्त गर्ने सम्भावना छ ।