Date

शुक्र, जेष्ठ ३, २०८२
Fri, May 16, 2025

विदेशी मुद्राको विनिमय दरमा उतारचढाव: अमेरिकी डलर, युरो, कुवेती दिनार र बहराइन दिनारको मूल्यवृद्धि

विदेशी मुद्राको विनिमय दरमा उतारचढाव: अमेरिकी डलर, युरो, कुवेती दिनार र बहराइन दिनारको मूल्यवृद्धि

काठमाडाैं, २ जेष्ठ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरमा केही मुख्य मुद्राको मूल्य वृद्धि भएको छ भने अस्ट्रेलियन डलर र ब्रिटिस पाउन्डको दरमा गिरावट आएको छ।

आज अमेरिकी डलरको खरिद दर प्रतिडलर १३६.५९ रुपैयाँ र बिक्री दर १३७.१९ रुपैयाँ कायम भएको छ। हिजो अर्थात् बिहीबार यस दर क्रमशः १३६.१४ रुपैयाँ र १३६.७४ रुपैयाँ रहेको थियो।

युरोको पनि मूल्य बढेको छ। आज युरोको खरिद दर १५२.९१ रुपैयाँ र बिक्री दर १५३.५८ रुपैयाँ कायम भएको छ। हिजो यो दर क्रमशः १५२.७६ रुपैयाँ र १५३.७४ रुपैयाँ थियो।

त्यस्तै, कुवेती दिनारको खरिद दर आज ४४४.२७ रुपैयाँ र बिक्री दर ४४६.२२ रुपैयाँ रहेको छ। बिहीबार यस दर क्रमशः ४४२.९२ रुपैयाँ र ४४४.८७ रुपैयाँ थियो।

बहराइन दिनार पनि आज उकालो लागेको छ। यसको खरिद दर ३६२.३३ रुपैयाँ र बिक्री दर ३६३.९२ रुपैयाँ कायम भएको छ। हिजो यो दर क्रमशः ३६१.१४ रुपैयाँ र ३६२.७३ रुपैयाँ थियो।

अस्ट्रेलियन डलरको दरमा भने गिरावट आएको छ। आज यसको खरिद दर ८७.५१ रुपैयाँ र बिक्री दर ८७.९० रुपैयाँ छ। बिहीबार यस दर क्रमशः ८८.०५ रुपैयाँ र ८८.४४ रुपैयाँ थियो।

ब्रिटिस पाउन्डको दर पनि घटेको छ। आजको खरिद दर १८१.४६ रुपैयाँ र बिक्री दर १८२.२६ रुपैयाँ रहेको छ। हिजो यो दर १८१.५१ रुपैयाँ र १८२.३१ रुपैयाँ थियो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *