Date

शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

एकै दिन ३५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोवार ?

एकै दिन ३५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोवार ?

काठमाडौं, २६ मंसिर । शुक्रवार एकै दिन सुनको मूल्य उच्च दरले वृद्धि भएको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघकाअनुसार शुक्रवार प्रतितोला सुन ३५ सय रुपैयाँले बढेको छ ।

बिहीवार २ लाख ५३ हजार १०० रुपैयाँ प्रतितोला रहेको सुन शुक्रवार बढेर २ लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । चाँदी प्रतितोला १०० रुपैयाँले बढेको छ ।

बिहीवार ३ हजार ८०५ रुपैयाँ रहेको चाँदी शुक्रवार ३ हजार ९०५ रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *