Date

शुक्र, जेष्ठ ३, २०८२
Fri, May 16, 2025

सुनको मूल्यमा ठूलो उछाल: एकैदिनमा प्रतितोला ३,००० रुपैयाँले वृद्धि

सुनको मूल्यमा ठूलो उछाल: एकैदिनमा प्रतितोला ३,००० रुपैयाँले वृद्धि

काठमाडाैं, २ जेष्ठ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला ३,००० रुपैयाँ ले बढेर १,८४,८०० रुपैयाँ मा पुगेको छ।

हिजो अर्थात् बिहीबारको दिनमा सुनको मूल्य १,८१,८०० रुपैयाँ प्रति तोला थियो। एकैदिनमा यति ठूलो वृद्धिले सुन खरिद गर्ने उपभोक्तामा थप चाप परेको व्यवसायीहरूले बताएका छन्।

यसैगरी, चाँदीको मूल्य पनि आज उकालो लागेको छ। महासंघका अनुसार, बिहीबार १,९२५ रुपैयाँ प्रति तोला रहेको चाँदीको मूल्य आज १,९४५ रुपैयाँ प्रति तोला पुगेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *