प्रादेशीक संरचनामा सेञ्चुरी कमर्सियल बैंक, गण्डकी प्रदेशमा आठ नयां शाखा सञ्चालनमा
काठमाडौं, २३ साउन । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बैंकिङ्ग पहुच थप जनता माझ पु¥याउने उद्देश्य सहित गण्डकी प्रदेशमा ८ वटा शाखा कार्यालयहरु एकै साथ सञ्चालनमा ल्याएको छ । बैंकले कास्कीको बगर, बिरौटा, तालचोक, दुलेगौंडा, भिमाड, कुस्मा, बाग्लुङ र बेनीमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।
उक्त गण्डकी प्रदेश कार्यालयको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालय मन्त्री किरण गुरुङ्ग र बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले संयूक्त रुपमा गरे । उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, स्थानिय जनप्रतीनिधिहरु, स्थानिय व्यवसायीहरु तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीको पनि उपस्थिती थियो । नयां शाखा कार्यालयहरु मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगाएतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ ।
हाल बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९१ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी १ सय २१ स्थानबाट कारोबार सञ्चालन गर्दै आएको छ ।