एक सातामा सेयर बजार ६ अंकले घट्यो
काठमाडौं, २३ साउन । पछिल्लो साता सेयर बजारमा झिनो अंकका साथ निरन्तर ओरालो लागिरहेको छ । आज पनि बजार ०.८९ अंकको घटेको छ । पछिल्लो एक सातामा बजार ६ अंकले घटेको छ ।
कारोबारमा आएका मध्ये आज होटल, हाइड्रोपावर र अन्य समूहको परिसूचक बढेपनि अरु बाँकी घटेको छ । सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक २२.३६ अंकले घटेको छ ।
त्यस्तै १ सय ६२ कम्पनीको १४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा सर्पोट माइक्रोफाइनान्स वित्तिय संस्थानका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आजको कारोबार रकम हिजोको तुलनामा झन्डै ७ करोडले कम हो ।