Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मुक्तिनाथ विकास बैंकको शाखा सिन्धुलीको कमलामाईमा

मुक्तिनाथ विकास बैंकको शाखा सिन्धुलीको कमलामाईमा

काठमाडौं, २३ साउन । मुक्तिनाथ विकास बैंकले सिन्धुलीको कमलामाई धुराबजारमा शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखाको कमलामाई नगरपालिकाका मेयर खड्ग वहादुर खत्रीले उद्घाटन गरेका हुन ।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने पनि उनले बताए ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी आफ्ना ९५ वटा शाखा, १५ वटा एटिएम मार्फत तीन लाख ७५ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x