Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पाटा युथ ट्यालेन्ट क्वेस्टको दोस्रो संस्करण सम्पन्न

पाटा युथ ट्यालेन्ट क्वेस्टको दोस्रो संस्करण सम्पन्न

काठमाडौं, २३ साउन । प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले पाटा नेपाल स्टुडेन्ट च्याप्टर सदस्यहरुबीच “पब्लिक स्पिकिङ्ग” र “कन्टेन्ट राइ्टिङ्ग” २ वटा विधामा प्रतिस्पर्धा सम्पन्न गरी “पाटा युथ ट्यालेन्ट क्वेस्ट” को दोस्रो संस्करण सम्पन्न गरेको छ ।

नेपाली पर्यटन क्षेत्रमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धा मार्फत प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमा भावी सबल पर्यटन जनशक्तिको खोजमुलक अभियानको रुपमा गत वर्ष सुरु भएको “पाटा युथ ट्यालेन्ट क्वेस्ट” पाटा नेपाल च्याप्टर सदस्य शैक्षिक संस्थाहरुमा अध्यनरत विद्यार्थीहरुका लागि आफ्नो योग्यता, क्षमता र सिप प्रश्तुत गरी महत्वपूर्ण उपलब्धीहरु प्राप्त गर्ने एक उपयुक्त माध्यम बनेको बताइएको छ । पाटा नेपालले प्रतिभावान विद्यार्थीहरुलाई आवश्यक तालिम तथा विविध अवसरहरु प्रदान गराई उनीहरुको सशक्तीकरण तथा सुनौलो भबिष्य निर्माणका लागि प्रेरक माध्यमको रुपमा यस कार्यक्रमलाई अघि सारेको छ ।

यस अभियान अन्र्तगत संचालित २ वटै विधाहरुमा पाटा नेपाल सदस्य शैक्षिकसंस्थाहरु गेट, नाथम, क्याथ, एनसिटिटिएम, मिडभ्याली, पब्लिक युथ, सिल्भर माउन्टेन र आईएसटि गरी १६ जना बिद्यार्थीहरुले भाग लिएका थिए । सहभागिहरुमध्ये आईएसटि कलेजकी छात्रा तमन्ना प्रधान र मिडभ्याली इन्टरनेशनलका छात्र जिङ्गमे लामा क्रमशः “पब्लिक स्पिकिङ्ग” र “कन्टेन्ट राइ्टिङ्ग” विजेता घोषित भएका छन । । विजेताले पुरुस्कार स्वरुप आगामी सेप्टेम्बर १२–१४ सम्म लङ्ककावी मलेसियामा आयोजना हुने पाटा ट्राभल मार्ट २०१८ मा सहभागि हुने अवसर प्राप्त गरेका छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x