Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

विश्वब्यांकले १० अर्ब रुपैँया सहायता थप्यो

विश्वब्यांकले १० अर्ब रुपैँया सहायता थप्यो

काठमाडौं, २३ साउन । विश्व बैंकले नेपाललाई थप १० करोड अमेरिकी डलर (१० अर्ब रुपैँया) सहायता स्वीकृत गरेको छ । नेपाललाई सहायता प्रदान गर्न तयार पारिएको पाँच वर्षे राष्ट्रिय सहायता रणनीति (२०१९–२०२३) का सम्बन्धमा विश्वब्यांकको मुख्यालय वासिङ्टनमा अर्थमन्त्री डा. युवराज खतिवडा र विश्व ब्यांकका कार्यकारी निर्देशकहरुको बोर्ड बैठकले नेपाललाई अतिरिक्त सहायता स्वीकृत गर्ने निर्णय गरेको हो । विश्व ब्यांकले सन् २०१३ देखि प्रदान गर्दै आएको बजेटरी सहयोग (डेभलपमेन्ट पोलीसी क्रेडीट) को अन्तिम शृंखला हो । यसपछि विश्व ब्यांकले राष्ट्रिय साझेदारी रणनीतिका आधारमा नेपाललाई सहयोग प्रदान गर्छ । यो चरणमा कानूनी र नियामकीय सुधार तथा वित्तिय क्षेत्रको एकीत्रीकरण लगायतका सुधार भएका छन् । यी सुधार कार्यक्रमले वित्तिय सेवा व्यक्तिगत तथा व्यावसायिक स्तरमा विस्तार र प्रगाढ भएको छ । वित्तिय क्षेत्रमा नेपालले गरेको सुधारका आधारमा बजेटरी सहायता प्रदान गरिएजस्तै उर्जा क्षेत्रमा विश्व ब्यांकको सुझाव अनुसार सुधार अघि बढाए थप १५ प्रतिशत सहयोग वृद्धि गर्ने विषयमा अर्थमन्त्री र दक्षिण एसिया अध्यक्ष हर्टवीग साफरबीच छलफल भएको छ ।

नेपालले संघीयता कार्यान्वयनका लागि भन्दै बहुपक्षीय विकास साझेदार विश्व ब्यांकसँग थप सहायता मागेको थियो । विश्व बैंकले नेपाललाई वित्तिय क्षेत्र सुधारको जगमा सहायता प्रदान गर्दै आएको छ । नेपालका लागि दिदैं आएको बजेटरी सहयोगले नेपाललाई मध्यकामा वित्तिय क्षेत्र सुधारका लागि थप मद्दत पुग्ने विश्व बैंकले जनाएको छ । नयाँ संविधानले नेपाललाई प्रजातान्त्रिक, विकेन्द्रीकृत, संघीय र धर्म निरपेक्ष गणतन्त्रात्मक शासन व्यवस्थातर्फ अघि बढाएको र यो ऐतिहासिक संक्रमणलाई सहयोग गर्ने गरी तयार भएको विश्व ब्यांकको राष्ट्रिय साझेदारी रणनीतिले संस्थागत क्षमता विकासलाई संघीयता कार्यान्वयन, नवप्रवर्तन, समतामूलक आर्थिक वृद्धि र जवाफदेहीपूर्ण सेवा प्रवाह सुनिश्चित हुने उल्लेख छ । गत वर्षको निर्वाचनबाट नेपालको इतिहासमै पहिलोपटक बहुमतको सरकार निर्माण भएको छ ।
नेपालको संघीयतातर्फको यात्राले सबै नागरिकलाई विकास प्रक्रियामा सामेल हुने अवसर सिर्जना गरेको नेपाल, भुटान तथा बंगलादेशका लागि राष्ट्रिय निर्देशक सिमियो फानले बताए । उनले नेपालको गरिबी निवारण, कम आय हुने ४० प्रतिशत जनसंख्याको आय वृद्धि, समावेशी आर्थिक विकास तथा प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने उनलको भनाई छ ।
विश्व ब्यांकको नयाँ राष्ट्रिय साझेदारी रणनीतिले सार्वजनिक संस्थाहरुको क्षमता विकासमार्फत आर्थिक् व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउने, निजी क्षेत्रले नेतृत्व गर्ने आर्थिक विकासलाई बढावा दिने, गरिब, विपन्न तथा सीमान्तकृतलाई जलवायु परिवर्तनको प्रकोप तथा अन्य बाह्य जोखिमसँग जोगाउने रणनीति लिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व ब्यांकको राष्ट्रिय साझेदारी रणनीतिले हरेक नेपालीलाई कामको सुरक्षा, न्याय, असल शासन, आधारभूत सेवाहरु र संवृद्धिमा सहभागी हुने अवसरको सिर्जना गर्ने सरकारको लक्ष्य अनुकुल भएको बताए । उनले राष्ट्रिय साझेदारी रणनीतिसंघीयतातर्फको संक्रमणलाई सहयोग गर्ने र प्रत्यक्ष रुपमा सरकारकै भिजन अनुसारको भएको टिप्पणी गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x