गुँड बनाउने कलामा निपुण: तोप चरा [फोटोफिचर]
![गुँड बनाउने कलामा निपुण: तोप चरा [फोटोफिचर]](https://arthakoartha.com/wp-content/uploads/2025/05/Photos-5-1.jpg)
तोप चरा (जसलाई ‘कोटेरो’, ‘सुजेरो’ वा ‘बकेचो’ भनेर पनि चिनिन्छ) एक आकर्षक र चञ्चल शिल्प चरा हो । हेर्दा मनमोहक लाग्ने यो चरा घाँस, पराल र रेसा बोकेर गुँड बनाउने सिपालु चरा हो, जसले मानिसलाई मोहित बनाउँछ । काठमाडौँ उपत्यका वरपर उपयुक्त ठाउँ भेट्टाएपछि यो गुँड बनाउने गर्छ । यसको मुख्य आहार धान र गेडागुडी भएकाले यो प्रायः खेतबारी र पोखरी आसपास देखिन्छ ।