Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्ति आजका मन्त्रिपरिषद् बैठकको मुख्य एजेन्डा, विश्व पौडेलको नाम टुंगोमा

राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्ति आजका मन्त्रिपरिषद् बैठकको मुख्य एजेन्डा, विश्व पौडेलको नाम टुंगोमा

काठमाडाैं, ५ जेष्ठ । सरकारको नियमित मन्त्रिपरिषद् बैठक आज बस्दैछ, जसको प्रमुख एजेन्डा नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्ति हुने अनुमान गरिएको छ। गभर्नरको पद लामो समयदेखि रिक्त रहेको छ र आजको बैठकबाट नयाँ गभर्नरको नियुक्ति टुंगो लाग्ने सम्भावना निकै प्रबल छ।

अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा गठित गभर्नर सिफारिस समिति पनि आजै बैठक बस्ने तयारीमा रहेको छ। यस समितिले तीन जना योग्य उम्मेदवारहरूको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ। स्रोतका अनुसार विश्व पौडेल, ज्ञानेन्द्र ढुंगाना र प्रकाश श्रेष्ठको नाम समितिले सिफारिस गर्ने अपेक्षा गरिएको छ।

राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीच विश्व पौडेललाई गभर्नर बनाउने विषयमा सहमति भएको छ। यसैले सिफारिस समितिले पनि विश्व पौडेलको नाम सिफारिस गर्ने लगभग निश्चित मानिएको छ। बाँकी दुई जनाको नाम प्रक्रियागत आवश्यकताका आधारमा मात्र सूचीमा राखिने बताइएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *