Date

मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक तथा मेलमिलाप  समिति गठन

आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक तथा मेलमिलाप  समिति गठन

काठमाडौं, ६ जेष्ठ ।  सर्वोच्च अदालतको परमादेशबाट गठित गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले गरेको एकता महाधिवेशनबाट  निर्वाचित कार्यसमितिले  एक उच्चस्तरीय न्यायिक तथा मेलमिलाप  समिति गठन गरेको छ ।

अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको दोस्रो बैठकले एनआरएन अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माको संयोजकत्वमा उक्त समिति गठन गरेको हो । शर्मा नेतृत्वको समितिले आवश्यकता अनुसार सदस्यहरू थप गर्ने प्रवक्ता गंगाधर गौतमले जानकारी दिए ।

यसैगरी, संसारभरका राष्ट्रिय समन्वय परिषद् एनसीसीहरुलाई अर्को पक्षको अनधिकृतरुपमा नियन्त्रणमा रहेको एमआइएस सिस्टम प्रयोग नगर्न पनि बैठकले अपिल गरेको छ । महासचिव बाबुराम (बीआर) लामाका अनुसार एनसीसीहरुलाई  आफ्नै पोर्टलबाट आवेदन खोल्न अनुरोध गर्ने र आफ्नै पोर्टल नभएका एनसीसीहरुलाई आईसीसीसँग समन्वय गर्न भनिएको छ ।

यसैगरी क्षेत्रीय बैठकहरू आयोजना गर्ने विषयमा मिति र स्थान तय गर्ने जिम्मा क्षेत्रीय संयोजकहरूलाई नै दिने निर्णय पनि बैठकले गरेको प्रवक्ता गौतमले जनाए  ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *