Date

मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

आईपीओ निष्कासनको तयारीमा रहेका १४ कम्पनी सेबोनको सूचीबाट हटाइए, जलविद्युत् कम्पनीलाई ठुलो झट्का

आईपीओ निष्कासनको तयारीमा रहेका १४ कम्पनी सेबोनको सूचीबाट हटाइए, जलविद्युत् कम्पनीलाई ठुलो झट्का

काठमाडाैं, ६ जेष्ठ । प्राथमिक सेयर (आईपीओ) निष्कासनको प्रक्रिया अघि बढाइरहेका एक दर्जनभन्दा बढी कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सूचीबाट हटाएको छ। बोर्डले हालैको सूची सफाइ अभियान अन्तर्गत १४ कम्पनीलाई प्रतीक्षा सूचीबाट हटाएको हो।

सूचीबाट हटाइएका कम्पनीहरूमा सबैभन्दा धेरै जलविद्युत् क्षेत्रका कम्पनीहरू रहेका छन्। यसले विशेषगरी साना तथा मझौला जलविद्युत् कम्पनीहरूलाई ठूलो धक्का दिएको छ। साथै, औषधि, पर्यटन, सञ्चार, केबलकार र हेलिकप्टर सेवा जस्ता विविध क्षेत्रका कम्पनीहरू पनि प्रभावित भएका छन्।

सूचीबाट हटाइएका प्रमुख कम्पनीहरू:

जलविद्युत् क्षेत्र:

लाफिङ बुद्ध पावर नेपाल

याम्बालिङ हाईड्रोपावर

युनिक हाईड्रोपावर

बेनी हाईड्रो

पुवाखोला वान हाईड्रो

सानिमा हाईड्रो

रिचेट हाईड्रोपावर

झापा इनर्जी

 

अन्य क्षेत्र:

एकर्ड फर्मास्युटिकल्स

एपेक्स हस्पिटालिटी

अन्नपूर्ण केवलकार

अर्किड होल्डिङ

प्रभु हेलिकप्टर

कान्तिपुर टिभी

किन हटाइए यी कम्पनीहरू?

सेबोनका एक उच्च अधिकारीका अनुसार, सूचीबाट हटाइएका कम्पनीहरूमध्ये धेरैले विद्युत् खरीद सम्झौता (PPA) नगरेका थिए भने केही कम्पनीहरूको नेटवर्थ ९० रुपैयाँभन्दा कम रहेको पाइएको थियो। यी मापदण्डहरू धितोपत्र बोर्डले निर्धारण गरेका सूचकहरूमध्ये मुख्य हुन्।

ढोका पूरै बन्द भने छैन

यद्यपि, सेबोनले सूचीबाट हटाएको भए पनि आईपीओ निष्कासनका लागि कम्पनीहरूको ढोका पूरै बन्द भएको छैन। हटाइएका कम्पनीहरूले आवश्यक मापदण्ड पुरा गरी पुनः आवेदन दिन सक्ने सेबोनले स्पष्ट पारेको छ।

बोर्डको यस कदमलाई बजारमा निगरानी र स्वच्छता कायम गर्न खोजिएको सकारात्मक प्रयासको रूपमा हेरिएको छ, तर यसले तयारी अवस्थामा रहेका केही कम्पनीहरूलाई समय र लगानी दुबैमा असर पुर्‍याउने देखिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *