Date

बुध, जेष्ठ ७, २०८२
Wed, May 21, 2025

गभर्नर सिफारिस समितिको बैठक सम्पन्न, तीन जनाको नाम बोकेर अर्थमन्त्री हिँडे बालुवाटार

गभर्नर सिफारिस समितिको बैठक सम्पन्न, तीन जनाको नाम बोकेर अर्थमन्त्री हिँडे बालुवाटार

काठमाडौं, ६ जेष्ठ । गभर्नर सिफारिस समितिको बैठक सम्पन्न भएको छ । मंगलबार अपराह्न सिंहदबारमा बसेको बैठकलगत्तै अर्थमन्त्री विष्णु पौडेल बालुवाटार हिँडेका छन् ।

सिफारिस समितिबाट अर्थशास्त्री विश्व पौडेलसहित तीन जनाको नाम गभर्नरमा सिफारिस भएको अर्थ मन्त्रालय स्रोतले बतायो ।

सोही नामको आधारमा विश्व पौडेललाई गभर्नर नियुक्ति गर्ने यसअघि नै राजनीतिक सहमति भइसकेको छ । यसबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक केहीबेरमा बालुवाटारमा बस्दै छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *