Date

बिहि, जेष्ठ ८, २०८२
Thu, May 22, 2025

नेप्से बुधबार प्रि-ओपन सेसनमा करिब ३५ अंकले उकालो, १५८ स्टकमा ४ करोड ६९ लाखको कारोबार

नेप्से बुधबार प्रि-ओपन सेसनमा करिब ३५ अंकले उकालो, १५८ स्टकमा ४ करोड ६९ लाखको कारोबार

काठमाडाैं, ७ जेष्ठ । बुधबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब ३४.७९ अंकले बढ्दै सकारात्मक संकेत देखिएको छ। यस दिन सेयर बजार २७१२.२५ विन्दुमा पुगेर बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार नेप्से ४९.०९ अंकले उकालो लागेर २६७७.४५ विन्दुमा पुगेको थियो।

यस सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ६.७१ अंकले वृद्धि भई समग्र बजारमा हरियाली संकेत देखिएको छ।

प्रि-ओपन सेसनमा कुल १५८ स्टकको ७१३ पटक कारोबार हुँदा १ लाख १८ हजार ४५ कित्ता शेयर खरिदबिक्री भएका छन्। कुल कारोबार रकम ४ करोड ६९ लाख ३२ हजार ३८८ रुपैयाँ २० पैसा पुगेको छ।

सेसनमा १४९ स्टकको मूल्य बढेको छ भने ५ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य स्थिर रहेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *