भारतीय नक्कली नोट कारोवारमा कारगार भूक्तान गरेका युनुस अन्सारी सम्पत्ति शुद्धीकरणमा फेरी पक्राउ परे

ठमाडौं, ११ जेष्ठ । नक्कली भारतीय नोटको कारोबारको दोषी भएका युनुस अन्सारीलाई नख्खु कारागारबाट मुक्त भएलगत्तै प्रहरीले पक्राउ परेका छ । अन्सारीलाई सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ गरी पाँच दिनको म्याद थप समेत भएको छ ।
नक्कली भारतीय नोटको कारोबारको मुद्दामा दोषी ठहर भई नख्खु कारागार चलान भएका उनी शनिबार साँझ मुक्त भएका थिए । लगत्तै उनलाई सीआईबीको टोलीले पक्राउ गरेको थियो।
आज उनलाई अदालतमा उपस्थित गराइएको र अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको छ ।